
दाङ, ४ कात्तिक । तिहार पर्वलाई लक्षित गर्दै प्रहरीले दाङ जिल्लाभर चेकजाँच कडा पारेको क्रममा झण्डै दुई लाख रुपैयाँ बराबरका अवैध पटका बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मातहतका प्रहरी कार्यालयहरूबाट खटिएका गस्ती टोलीहरूले विभिन्न स्थानमा चेकपोष्ट स्थापना गरी गरिएको चेकजाँचका क्रममा रु १ लाख ८० हजार ९२० बराबरका पटका बरामद भएका हुन्।
तिहार पर्वमा पटका पड्काउँदा हुने आगलागी, दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्न जिल्लाभर निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
अवैध रूपमा पटका बिक्री वितरण गर्ने तथा पड्काउने व्यक्तिमाथि आवश्यक कानूनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



लाइभदाङ । ५ कार्तिक २०८२, मंगलवार २१:५७ बजे