
दाङ, २४ असोज ।
जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट फरार भएका २ सय ५३ कैदीबन्दीमध्ये ७८ जना अझै फरार रहेका छन्। तुलसीपुर कारागारका जेलर गिरबहादुर सिजवालका अनुसार हालसम्म १ सय ५५ जना कैदीबन्दी कारागारमा फर्किसकेका छन्, जसमा २० जना अन्य जिल्लाका कारागारमा रहेका छन्।
फरारमध्ये ८४ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको र ९१ जना आफैं कारागारमा फर्किएको सिजवालले जानकारी दिनुभयो। भदौ २३ गते राति १ सय २४ जना र भदौ २४ गते दिउँसो १ सय २९ जना गरी २५३ कैदीबन्दी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए। बाँकी ७८ जनाको खोजी जारी रहेको कारागार प्रशासनले जनाएको छ।



लाइभदाङ । २४ आश्विन २०८२, शुक्रबार १३:१४ बजे