
दाङ, १५ असोज ।
नेपाल तरून दल तुलसीपुरका अध्यक्ष कमल घर्तीले जेनजी आन्लोदनका क्रममा आफू आगजनी तथा तोडफोडमा संलग्न नरहेको बताएका छन् । आफूलाई तरून दलका जिल्ला सभापति टीका घर्तीले आरोप लगाएको भन्दै त्यसको पुष्टि गर्न चुनौति दिएका छन् ।
चलानी नम्बर र पत्र संख्याबिनाको पत्र सार्वजनिक गरिएको भन्दै यस्तो कार्य गलत भएको भन्दै भ्रत्सना समेत गरेका छन् । आफू तरून दलको तुलसीपुरको आधिकारिक अध्यक्ष भएको समेत घर्तीले बताएका छन् । उनले बिज्ञप्ति जारी गरि यस्तो जानकारी दिएका हुन् ।
यस अघि जिल्ला सभापति टीका घर्तीले तीन जनालाई कारवाही गरिएको पत्र सार्वजनिक भएको थियो ।



लाइभदाङ । १५ आश्विन २०८२, बुधबार १६:०५ बजे