दाङमा माछा मार्ने क्रममा आमा–छोरीको डुबेर मृत्यु

प्रिया स्मृती गजमेर
लमही, २८ भदौ । दाङमा माछा मार्ने क्रममा आमा–छोरीको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–१ बसन्तपुर बौराह निवासी भरत सार्कीकी श्रीमती ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिका सार्कीको रहेका प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो करिब २ बजेतिर घरबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा उनीहरूको पानीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए।


घटनापछि प्रहरी निरीक्षक पाण्डेयको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। मृतकहरूको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।