
लमही, २३ भदौ ।
लमही नगरपालिका–६ कुलमोहरस्थित लमही–घोराही सडक खण्डमा भएको सडक दुर्घटनामा एक भैसीको मृत्यु भएको छ भने एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
शनिबार साँझ करिब ७ बजेर ३० मिनेटको समयमा लमहीबाट घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५७२३ नम्बरको ट्रकले बाटो छेउमा भैसी चराइरहेका एक व्यक्तिलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा राजपुर गाउँपालिका–४ मोतिपुर निवासी ४० वर्षीय तुलाराम यादव र उनले चराइरहेको भैसीलाई ट्रकले ठक्कर दिएको हो । भैसीको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते यादवलाई प्रारम्भिक उपचारपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो ।
घाईते यादवलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । हाल यादवको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ ।



लाइभदाङ । २३ भाद्र २०८२, सोमबार १४:१४ बजे