घोराहीमा वतासिनो एजुकेशनल इन्स्टिच्युट

दाङ, १० भदौ । दाङको घोराहीमा पनि वतासिनो एजुकेशनल इन्स्टिच्युटको नयाँ शाखा सञ्चालनमा आएको छ । विगत चार वर्षदेखि तुलसीपुरबाट सञ्चालन भइरहेको उक्त इन्स्टिच्युटले आइतबारदेखि घोराहीमा पनि आफ्नो सेवा शुरु गरेको हो ।

घोराही उपमहानगरपालिका–१५ स्थित कृषि विकास बैंकको उत्तरतर्फ उक्त इन्स्टिच्युट सञ्चालनमा आएको हो । घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेश पाण्डेयले उक्त इनिश्टिच्युटको उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उनले कन्सल्टेन्सीले गुणस्तरीय सेवा दिएर सवैको मन जित्नु पर्ने बताए । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष जगत आचार्य, इन्स्टिच्युटका सञ्चालक विजय शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


संस्थाले जापान, बेलायत (युके), दक्षिण कोरिया र न्यूजिल्याण्डमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई सहयोग गर्नेछ ।

सञ्चालनक शरद भण्डारी ‘शुभम’को स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सहजीकरण कमल गाउँलेले गरेका थिए । उक्त इन्स्टिच्युटको सञ्चालकमा शरद भण्डारी ‘शुगम’, विजय शर्मा, शम्भु रेग्मी र सन्तोष भुसाल रहेका छन् ।