अग्रिम र लाईभ दाङ पाँचौं वर्षमा

तुलसीपुर, ९ भदौ । दाङको तुलसीपुरबाट प्रकाशित अग्रिम साप्ताहिक पाँचौं वर्षमा प्रवेश गरेको छ ।

२०७८ सालको दोस्रो सातादेखि प्रकाशन सुरु गरेको पत्रिकाले पाँचौं वर्षमा प्रवेश गरको छ । पत्रिकाले सञ्चालन गरेको अनलाईन लाईभदाङ डटकम (www.livedang.com) पनि पाँचौं वर्षमा प्रवेश गरेको छ ।

सञ्चालक दिपक बोहराका अनुसार पत्रिका छोटो समयमा प्रेस काउन्सिलको वर्गीकरणमा समेत पर्न सफल भएको छ । साथै पत्रकारिताको धर्म, मर्म र सीमा भित्र रही पत्रकारिता गरिरहेकाले पाठकहरुले पनि रुचाउने गरेको बताए ।


पछिल्लो समय छापा माध्यमको भूमिका अझ बढ्दै गएको समेत उनको भनाई छ । समाजमा विश्वसनिय समाचारकालागि पत्रिकाकै माग बढि रहेको उनको भनाई छ ।

पत्रिकाको प्रकाशकमा बोहरासंगै सम्पादकमा अनिता पोख्रेल, प्रबन्ध निर्देशकमा हरिश गिरी, सहसम्पादकमा दुर्गा विक रहेका छन् ।

May be an image of text