मावि सेन्टरमा अखिल क्रान्तिकारीको कमिटि गठन

तुलसीपुर
२१ पुस / सङ्गठन बिस्तार तथा विद्यार्थी जागरण अभियान अन्तरगत माओवादी (केन्द्र)निकट अनेरास्ववियू ( क्रान्तिकारी ) को मावि सेन्टर तुलसीपुरमा कमिटि गठन गरिएको छ ।

प्रशान्त चौधरीको अध्यक्षता एवम अनेरास्ववियू ( क्रान्तिकारी ) लुम्बिनी प्रदेश सचिव मदन जीएमको प्रमुख आतिथ्य तथा उपाध्यक्ष डिभाईड शर्मा (सुबम), उपाध्यक्ष खगेन्द्र जीएम, कोषाध्यक्ष हिरालाल ओली‘जनार्दन’ , जिल्ला सह–सचिव रामचन्द्र बुढा, जिल्ला सदस्य अमृत आचार्य ,सरद भण्डारीलगायतको सहभागिामा कार्यक्रम भएको हो । साथै प्रशान्त चौधरीको अध्यक्षतामा आज ८२ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।


जसको उपाध्यक्षमा सुसान्त रोका, कुमार ओली, सचिबमा भुपेन्द्र बस्नेत ,सुनिता रोका, सचिबमा महेस भण्डारी, सह–सचिबमा अर्जुन खनाल, वसन्त डाँगी, समिरा बिक, कोषाध्यक्षमा सिजल पुन, संगठन बिभाग प्रमुख तिलक केसी, अनुशासन बिभाग प्रमुख प्रेमराज केसी, खेलकुद बिभाग प्रमुख सुरेश पोख्रेल र प्रेम राज केसी, अस्मिता रसाइली ,आनन्द पुनमगर ,प्रकाश ओली, करुणा भण्डारी ,सुधन शर्मा ,माधव खड्कालगायतलाई चयन गरिएको छ ।

कार्यक्रमको सहजीकरण जिल्ला सदस्य राजेश खनालले गरेका थिए ।