बबई क्याम्पसद्वारा उद्योग वाणिज्य संघमा निर्वाचित पदाधिकारीलाई सम्मान

तुलसीपुर, ५ असार ।
राप्ती बबई क्याम्पसले आज एक कार्यक्रमको आयोजना गरि तुलसीपुर उद्योग वाणिज्य संघमा निर्वाचित अध्यक्ष लगाएतलाई स्वागत तथा सम्मान गरेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सम्मानित ब्यक्तित्व तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् राप्ती बबई क्याम्पस तुलसीपुरका कोषाध्यक्ष बिनिल केसीले राप्ती बबई क्याम्पसको अर्थतन्त्र मजबुत हुँदा तुलसीपुरको अर्थतन्त्र बलियो हुने भन्दै निजि क्षेत्र सार्वजनिक संस्थाहरुसङ्ग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो, साथै उहाले तुलसीपुरको सुरक्षा चुनौतिलाई न्यूनीकरण गर्न र बजार ब्यबस्थित गर्न उद्योग बाणिज्य संघले ‘शुन्दर तुलसीपुर–सुरक्षित तुलसीपुर’ अभियान अगाडि बढाएको बताउनु भयो ।


त्यस अवसरमा सम्मानित ब्यक्तित्व तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एबम् राप्ती बबई क्याम्पस सञ्चालक समितिका सदस्य नरेसकुमार राजभण्डारी , क्याम्पस सभा सदस्य सम्मानित ब्यक्तित्व तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य चिन्तामणी आचार्य, राप्ती बबई क्याम्पसका प्राध्यापक संघका इकाई सभापति भुप बहादुर बुढाथोकी, राप्ती बबई क्याम्पस कर्मचारी संघका अध्यक्ष दामोदर सापकोटा लगाएतले बोल्नु भएको थियो ।

राप्ती बबई क्याम्पस सञ्चालक समिती उपाध्यक्ष मिनराज ओलीले स्वागत गर्नु भएको सम्मान कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख गणेश पार्धेले गर्नुभएको थियो ।