विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौं, ५ भदौ ।
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।

विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन । यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउने गरी पटक–पटक प्रतिवेदन तयार गरिएको थियो । यद्यपि पारित भने हुन सकेको थिएन ।


शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत थालेका छन् । पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।