
दाङ, ३१ साउन ।
श्री माध्यमिक विद्यालय घोराही–७ सौडियारमा पदीय आचरण विपरीत कार्य गरेको आरोपमा बनेको शिक्षक छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
शुक्रबार विद्यालयको सभाकक्षमा आयोजित सरोकारवालाको भेलामा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा विद्यालयका पुर्ब ब्यवस्थापन समितिका अध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यता एव घोराही ७ का वडा कार्यालयका सदस्य लौटन चौधरीको बिशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलामा बिषयवस्तुमाथि विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले प्रकाश पारेका थिए । विद्यालयमा आयोजित महायज्ञबाट संकलित रकमको सदुपयोगका बारेमा छलफल गरिएको थियो । शिलालेख निर्माणका लागि विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेको संयोजकत्वमा शिक्षकहरु नारद भण्डारी, बामदेब पोखरेल, शेरबहादुर चौधरी, सुमित्रा योगी, सौडियार सिकाई केन्द्रका अध्यक्ष चन्द्रप्रसाद घिमिरे लगायतको समिति बनाएको छ ।
यसैगरेर विद्यालय हाताभित्र रहने गरि स्यालोट्युबेल निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । साथै भेलाले पदिय आचरण बिपरित काम गर्ने शिक्षकमाथी छानबिन गर्न बनेको समितिले सार्वजनिक गरेको छानबिन प्रतिबेदनलाई सरोकारवालाले दिएको सल्लाह सुझाब अनुसार समेटेर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सो अवसरमा नेपाली कांग्रेस घोराही ७ सौडियारका इकाई सभापति कर्णबहादुर बुढाथोकी, विद्यालयका सल्लाहकारहरु माधब न्यौपाने, चन्द्रभानु भट्टराई, पुर्व विव्यस अध्यक्ष नन्दराम भण्डारी, शरद केसी, बेलहरी टोल विकास संस्थाका अध्यक्ष गिरबहादुर वली, मङ्गलराम डाँगी, चन्द्रप्रसाद घिमिरे लगायतकाले सल्लाह सुझाब दिएका थिए ।
छानबिन समितिको प्रतिबेदन सहायक प्रधानाध्यापक दामोदर पाण्डेले बाचन गरेर कार्यक्रम सहभागिलाई सुनाएका थिए ।
छानबिन समितिसंग माविका अंग्रेजी पढाउने शिक्षक यामलाल रिजालले विद्यार्थी र अभिभावकलाई भड्काउने काम गरेको र स्वयम रिजालले पनि आफुले प्रशासनलाई नसोधी अभिभावक र विद्यार्थीको पुर्ण विवरण दिएको र त्यो आफ्नो कमजोरि भएको स्विकारेको सदस्य सचिब पाण्डेले बताए ।
विद्यालयमा कार्यरत रहि विद्यालयकै अहित हुने गरि पदिय आचरण विपरित काम गर्ने शिक्षकमाथी कारबाही गर्न अभिभावक र विद्यार्थीको गुनासोपछि निर्माण भएको छानबिन समितिले विद्यालयका सम्पुर्ण सरोकारवालालाई राखेर प्रतिवेदन सार्वजनिक गर्नुका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईलाई प्रतिबेदन बुझाएको छ ।
छानबिन समितिले सर्वसम्मतरुपमा प्रतिवेदन ल्याई कक्षा ११ को भर्ना अभियानमा शिक्षकले आफ्नो तर्फबाट कमजोरि गरेको निष्कर्ष निकालेको छ । छानबिन समितिको संयोजकमा शिक्षक अभिभावक संघका कार्यबाहक अध्यक्ष खिमा घर्ती, विद्यालय व्यवस्थापन समिति सदस्य तथा घोराही उपमहानगरपालिका वडा नं. ७ का वडा कार्यालय सदस्य यमकला पुन, मावि इन्चार्ज हिरालाल न्यौपाने, सौडियार सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चन्द्रप्रसाद घिमिरे र सदस्य सचिबमा सहायक प्रधानाध्यापल दामोदर पाण्डे रहेका थिए ।
छानबिन समितिले आफ्नो पदिय आचरण बिपरित काम गर्ने शिक्षकलाई सार्वजनिक रुपमा कमजोरि स्विकारी आत्मालोचना गर्न र यदि त्यो नभएको खण्डमा शिक्षा ऐन २०२८ र नियमावलि अनुसार कारबाही गर्न सुझाबसहित प्रतिवेदन दिएको छ ।
प्रतिबेदन बुझ्दै विव्यस अध्यक्ष भट्टराईले छानबिन समितिको प्रतिबेदन अनुसार अघि बढ्ने बताए । विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले आफुले पढाउने स्कुलको शिक्षक नै आफ्नो पदिय आचरण विपरित काम गर्नु गलत भएको र छानबिन समितिको प्रतिबेदन यथार्थपरक रहेको बताए । कार्यक्रमको सञ्चालन शिक्षक बिष्णुराज चौधरीले गरेका थिए ।



लाइभदाङ । ३२ श्रावण २०८२, शनिबार १०:५२ बजे