आचारसंहिता लत्याउँदै तुलसीपुर ११ ले बाँड्यो १०/१० हजार नगद

दाङ
२५ कात्तिक / निर्वाचनलाई प्रभाब पार्ने गरि तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ ले घोडा ब्यबसायीहरुलाई नगद १०/१० हजारका दरले बाँडिएको छ ।

प्रत्येक घोडे र कुखुरा व्यवसायीहरुलाई पुरस्कार एवम सम्मान गर्ने निर्णय अनुसार ५४ जना घोडा ब्यबसायीहरुलाई उक्त रकम वितरण गरिएको वडाध्यक्ष मानबहादुर रावतले बताए । तर, यो निर्वाचन आचरसंहिता विपरित हो । निर्वाचन आचरसंहितामा अनुसार निर्वाचनको बेला कुनै आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुँने उल्लेख छ । तर, वडाले आचरसंहिताको कुनै ख्याल नगरि घोडा ब्यबसायी र कुखुरा ब्यबसायीलाई नगद रकम वितरण गरेको हो ।


कार्यक्रममा ११ जना कुखुरा व्यवसायीहरुलाई जनही नगद पाँच हजार प्रदान गरिएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको सहभागिता रहेको थियो । बुधबार कार्यक्रम गरि उनीहरुलाई उक्त रकम प्रदान गरिएको हो । उनीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।