प्रतिष्ठानमा पहिलो पटक दातसहित मुखको सिटि स्क्यान गर्ने सिबिसिटि मेसिन सुचारु

दाङ, २९ साउन ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अत्याधुनिक दातसहित मुखकै सिटि स्क्यान गर्ने मेसिनबाट सेवा दिन सुरु गरिएको छ । बिहिबारदेखि बिरामीलाई सेवा दिन सुरु गरिएको हो । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार आपुर्ति महाशाखाले दातसहित मुखको सिटि स्क्यान गर्ने गरि सिबिसिटि मेसिन पठाएपछि बुधबार जडान कार्यक्रम सम्पन्न भएको र बिहिबारदेखि मेसिनबाट सेवा शुभारम्भ भएको थियो ।

प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछानेले स्विच अन गरेर मेसिनको उद्घाटन गर्नु भएको हो । प्रतिष्ठानका रजिस्ट्रार प्रा.श्याम लम्साल, अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थि लगायतको उपस्थितिमा भएको कार्यक्रममा उपकुलपति डा. लामीछानेले सिबिसिटि मेसिन अत्याधुनिक प्रविधिको रहेको र यसले दातसहित मुखको उपचारमा सहयोग पुर्याउने बताए । प्रतिष्ठानका रजिस्ट्रार प्रा।लम्सालले स्वास्थ्य मन्त्रालयले आपुर्ति महाशाखाबाट मेसिन खरीद गरेर पठाई दिएर निकै सहयोग पुर्याएको भन्दै दात र मुखको शल्यकृया गर्दा सिबिसीटि मेसिन अत्यन्तै उपयोगि हुने बताए ।


अस्पतालका निमित्त निर्देशक प्रा.डा.पन्थिले निकै मेहनत गरेर मन्त्रालयबाट मेसिन ल्याईएको र यसको पुर्ण सदुपयोग हुने बताए । पश्चिम नेपालमा सरकारी अस्पतालमा पहिलोपटक मेसिन दाङको प्रतिष्ठानमा आएको पन्थिले बताए । साथै पन्थिले नयाँ इन्डोसकोपि मेसिन पनि प्रतिष्ठानमा आएको जानकारी दिए ।

‘दात र मुखको सिटि स्क्यान गर्न जिल्ला बाहिर अब जानुपर्दैन, सामान्य किसिमको ओबिजि मेसिन प्रतिष्ठानसंगै थियो, तर, यो अहिले आएको मेसिन अत्याधुनिक प्रबिधीको हो, दातको मात्रै होइन, मुखको पुरै भाग सिटि स्क्यान गर्न मेसिनबाट सकिन्छ, यो मेसिनबाट उपचारमा धेरै नै सहयोगि हुनेछ ।’ मुख तथा अनुहार शल्य चिकित्सक विशेषज्ञ डा.निरोज खनालले भने ।