
दंगीशरण, २५ साउन ।
दाङको दंगीशरण गाउँपालिकाले गाउँपालिकाको कार्यालयमा सरुवा भई आउनुभएका लेखा अधिकृत ध्रुबराज न्यौपाने र ईञ्जिनियर अर्जुन श्रेष्ठलाई एक कार्यक्रमकाविच स्वागत गरेको छ । परीवर्तन गाउँपालिका रोल्पाबाट ध्रुवराज न्यौपाने र सुनिल स्मृती गाउँपालिका रोल्पाबाबाटै इन्जिनियर अर्जुन श्रेष्ठ सरुवा भइ दंगीशरण गाउँपालिकामा हाजिर हुनुभएको हो ।
दुवैजना लेखा अधिकृत ध्रुवराज न्यौपाने र इन्जिनियर अर्जुन श्रेष्ठलाई गाउँपालिका अध्यक्ष ,गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष,कार्यपालिका सदस्य, गाउँसभाका सदस्यहरु,साखाप्रमुखहरु लगायत कर्मचारीहरुले स्वागत गर्नुभएकोथियो । स्वागत कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता,गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का ,वडा अध्यक्ष तथा जनप्रतिनिधि र कर्माचारीहरुको उपस्थितिमा भएकोथियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफूहरु निर्वाचित भएर आएदेखि नै हाम्रो प्रण समुन्नत दंगीशरणको नाराका साथ अगाडि बढेकाले उक्त नारालाई सार्थकता दिन सवै कर्मचारी तथा जनप्रतिनिधिको साथ आवश्यक हुने बताउनुभयो।आफु गाउँपालिकालाई भ्रष्टाचारमुक्त र शुसासनयुक्त गाउँपालिका निर्माणको अभियानमा लागेकाले आफ्नो अभियानलाई साथदिन कर्मचारी तथा जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले गाउँपालिका सवैको साझा थलो भएकाले गाउँपालिकालाइ समृद्ध बनाउन कर्मचारीहरु सेवाभाव अनुरुप अगाडि बढ्न निर्देशन दिनुभयो । स्वागत हुनुभएका दुवै कर्मचारीहरुले आफुहरु आफ्नो काम र कर्तव्य प्रतिबद्धरहि पालना गर्नेतर्फ उन्मुख हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रशासकिय अधिकृत सुदिप डाङ्गीले गर्नुभएकोथियो ।



लाइभदाङ । २६ श्रावण २०८२, आईतवार १६:१० बजे