
दाङ, २४ साउन। श्री माध्यमिक विद्यालय घोराही ७ सौडियारमा प्रथम त्रैमासिक परिक्षाको नतिजाको प्रकाशन तथा अभिभाबक शिक्षा कार्यक्रम शुक्रवार विद्यालयमा सम्पन्न भएको छ ।
विब्यस अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा घोराही उपमहानगरका शिक्षा महाशाखा प्रमुख घनश्याम वलिको प्रमुख आतिथ्यता तथा आधारभुत विद्यालय घोराही १८ गिठेपानिका बिब्यस अध्यक्ष दिनेश वलि र शिक्षा प्रेमि तथा मोटिभेटर यादब गिरिको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा विद्यालयको हालसम्मको प्रगति विवरण बारे विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलिले जानकारी गराएका थिए । सो अवसरमा बोल्दै महाशाखा प्रमुख वलिले विद्यालयले मेहनत गरेकै कारण २०८१ को एसईइको परिक्षामा उत्कृष्ट नतिजा हासिल गरेको चर्चा गर्दै सबैको सहयोग, समन्वयमा यो नतिजा सम्भब भएको बताए ।
उनले कक्षा ११ र १२ मा पनि एसईइको नतिजाजस्तै मेहनत गर्न आग्रह गरे । भेलामा एसईइमा सामाजिक बिषयमा सत प्रतिशत नतिजा ल्याउने शिक्षक बिष्णुराज चौधरीलाई विब्यस अध्यक्ष भट्टराईले खादा ओढाएर सम्मान गरेका थिए ।



लाइभदाङ । २५ श्रावण २०८२, शनिबार ०७:३८ बजे