तुलसीपुरमा सर्पको टाेकाईबाट एक जना गम्भीर घाइते

तुलसीपुर, ६ साउन । दाङको तुलसीपुरमा सर्पको टाेकाईबाट एक जना गम्भीर घाइते भएकी छिन । घाइते हुनेछ तुलसीपुर-६ शिबसक्ति टाेल निवासी १३ बर्षिया बबिता जिसि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिसिलाई मंगलबार बिहान ९ बजे सर्पले डसेकाे थियोे । उनिलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा नाम नखुलेको सर्पले शरिरमा एकिन नभएको ठाउमा डसेकाे प्रहरीले जनाएको छ ।


घाइते डिसिकाे राप्ति प्रादेशिक अस्पताल तुलसिपुर दाङ उपचार भैरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।