तुलसीपुर खानेपानी :९ दललाई धक्का, अध्यक्षमा भण्डारी, कोषाध्यक्षमा विद्रोही प्यानलका थापा विजयी

दाङ
१८ पुस / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनको मतपरिणाम अनुसार ९ दलिय गठबन्धनले कोषाध्यक्ष बाहेक अन्य पदमा जित हात पारेको छ । ९ दलका आधिकारिक उम्मेदवारलाई एउटा समूहको प्रतिनिधित्व गर्ने भनिएका उम्मेदवारहरुले नै राम्रो मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले २१९ मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्दी पबन कुमार बुढाथोकीलाई हराएका छन् । काँग्रेसका तर्फबाट उम्मेदवार बनेका भण्डारीले १९८६ मत प्राप्त गरेका थिए, भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसकै बागी उमेदवार बुढाथोकीले १७६७ मत प्राप्त गरेका थिए । दुबै यातायात व्यबसायी हुन् । भण्डारी काँग्रेसमा दीपक गिरी निकट मानिन्छन्, भने बुढाथोकी गेहेन्द्र गिरी निकट हुन् ।

त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार दीपक कुमार धितालले २६४ मत प्राप्त गरेका छन् । उनी काँग्रेस बीपीका नेता हुन् । खानेपानीका पूर्व सचिब समेत रहेका धिताल यस अघिको निर्वाचनमा काँग्रेसले अध्यक्षको टिकेट नदिएपछि विद्रोह गरेर अध्यक्षकै उम्मेदवारी दिएका थिए । त्यतिबेला पनि सबै भन्दा न्यून मत ल्याएका उनले पार्टीबाट समेत बिद्रोह गरेर काँग्रेस बीपी भएका थिए ।

माओवादीको भागमा परेको उपाध्यक्ष पदमा सिताराम शर्मा आधिकारीक उम्मेदवार थिए । उनको ठाउँमा पनि काँग्रेसकै गेहेन्द्र गिरी निकट मानिने हालका उपाध्यक्ष गिरीधारी पौडेललाई विद्रोही उम्मेदवार बनाईएको थियो । तर, पौडेललाई शर्माले ७ सय ८७ मतान्तरले हराएका थिए । शर्माले २२७२ मत प्राप्त गरेका थिए, भने उनका निकटतम प्रतिद्वन्दी पौडेलले १४८५ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षका अर्का उम्मेदवार पूर्णप्रसाद धितालले ७१ मत ल्याएका थिए । उनी पनि काँग्रेस निकट हुन् ।

त्यस्तै सचिबमा एमालेको भाग परेको थियो । एमालेका सेवकराम भण्डारी आधिकारीक उम्मेदवार रहेपनि बागी उम्मेदवारका रुपमा दामोदर लामिछाने रहेका थिए । लामिछानेलाई भण्डारीले २१५४ मतले पछि पार्दै बिजयी हाँसिल गरेका थिए । सबैभन्दा लोकपृय मत भण्डारीलाई प्राप्त भएको थियो । उनले २ हजार ८ सय ३८ मत ल्याएका थिए, लामिछानेले ६८४ मत मात्रै प्राप्त गरेका थिए ।


कोषाध्यक्षमा भने गठबन्धनका उम्मेदवारले जित हात पार्न सकेनन् । विद्रोही समूहबाट निर्वाचनमा होमिएका भोला थापाले गठबन्धनका उम्मेदवार भद्रबहादुर वलीलाई १८६ मतान्तरणले पछि पार्दै विजयी हाँसिल गरेका थिए । काँग्रेसको गेहेन्द्र गिरी निकट रहेका थापाले १७०२ मत प्राप्त गरेका थिए, भने गठबन्धनका उम्मेदवार विप्लव नेकपाका वलीले १५१६ मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्षमा जम्मा ४ जनाको उम्मेदवारी परेको थियो ।

ति मध्ये माओवादी केन्द्रका कर्णबहादुर वलीले आफ्नो समर्थन आधिकारिक उम्मेदवार भद्रबहादुरलाई रहेको भनि विज्ञप्ति जारी गरेका थिए । तर, पनि उनलाई ८७ मत प्राप्त भएको थियो । अर्का उम्मेदवार मेघराज न्यौपानेले ३०४ मत प्राप्त गरेका थिए ।

सदस्यहरुमा गठबन्धनका आधिकारिक उम्मेदवार एकीकृत समाजवादीका पदमबहादुर खड्काले २०७८ मत प्राप्त गरेका थिए, भने राप्रपाका लक्ष्मण केसीले २५६४ मत प्राप्त गरेका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार शोविन्द चन्दले १३११ मत प्राप्त गरेका थिए ।

श्निबा मतदान भएको थियो । उक्त मतदानबाट ४४०५ मत मात्रै खसेको थियो । खानेपानीको जम्मा मतसंख्या ७६६७ रहेको थियो ।

May be an image of text that says 'तुलसीपुर खानेपानीको अन्तिम मत परिणाम पद अध्यक्ष प्राप्त मत अध्यक्ष नाम दीपक कुमार धिताल यमकान्त भण्डारी पवनराज बुढाथोकी अध्यक्ष २६૪ १९5६ १७६७ कैफियत সা্লাকিদ बिजयी बिजयी उपाध्यक्ष उपाध्यक्ष उपाध्यक्ष सीताराम शर्मा गिरीधारी पौडेल पूर्णप्रसाद धिताल २२७२ १४5५ ७৭ सचिब सचिब सेवकराम भण्डारी दामोदर लामिछाने २०३5 बिजयी COm ६६ कोषाध्यक्ष मेघराज न्यौपाने कोषाध्यक्ष भद्रवहादुर ओली कोषाध्यक्ष कर्णबहाद कोषाध्यक्ष भोलाप्रसाद थापा १५१६ 5७ १७०२ सदस्य बिजयी २०७९ पदमबहादुर खड़का लक्ष्मण केसी शोविन्द्र चन्द्र ५६४ बिजयी बिजयी ੧३१੧'