
मिति २०८२ असार ३१ गते ।
मेष-काममा दृढता देखिनेछ। नयाँ योजना बन्नेछ। तर, परिवारमा अलिक दूरी महसुस हुन सक्छ। मन थोरै गम्भीर रहन सक्छ। बोलीमा मिठास राख्नुपर्छ।
वृष-धार्मिक भाव जाग्नेछ। जीवनप्रति गहिरो दृष्टिकोण बन्नेछ। अध्ययन वा ध्यानमा समय दिनु उपयुक्त। यात्रामा हतार नगर्नुहोस्।
मिथुन-मन थोरै अस्थिर तर गहिरो बन्नेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस्। आत्मविश्लेषण गर्ने राम्रो समय।
कर्कट-साझेदारी वा सम्बन्धमा स्पष्टता आवश्यक। कसैले बोलीमा चोट पुर्याउन सक्छ, तर तपाईंले धैर्य राखे राम्रो। आजको दिन सम्बन्ध सुधार्ने मौका पनि हो।
सिंह-कामप्रति निष्ठा र अनुशासन आवश्यक। मानसिक थकान हुन सक्छ, तर कार्यक्षेत्रमा राम्रो अवसर पनि आउन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्।
कन्या-सन्तान वा प्रेम सम्बन्धी विषयले चित्त हराउला। सिर्जनात्मक काममा रुचि बढ्नेछ। भावनालाई स्थायित्व दिन आजको दिन उपयुक्त छ।
तुला-घरपरिवारमा कुरा बुझ्नुभन्दा मनको गहिरो अनुभूति बढी चल्नेछ। घरसम्बन्धी कुनै पुरानो विषय आज समाधान हुन सक्छ। आमासँगको सम्बन्ध बलियो बनाउने मौका मिल्नेछ ।
वृश्चिक-कुरा स्पष्ट भन्न सकिने दिन हो तर संयमता आवश्यक। लेखन, विचार, सञ्चार सबैमा सफल हुनुहुनेछ। तर क्रोध उठे मौन बस्नु बुद्धिमानी हुनेछ।
धनु-धन–सम्पत्तिमा स्थिरता आउन सक्छ। तर खर्चमा नियन्त्रण जरुरी। खानपान र परिवारमा सन्तुलन राख्दा दिन सहज बन्नेछ।
मकर-चन्द्रमा र शनि आफ्नै राशिमा हुँदा आत्मबल, गम्भीरता, र सोचाइ बलियो बन्नेछ। आज एक्लै बस्न मन लाग्नेछ। गहिरो योजना बनाउने राम्रो समय।
कुम्भ-अन्तर्मुखी प्रवृत्ति बढ्नेछ। पुराना कुरा सम्झेर मन बिथोलिन सक्छ। ध्यान वा सेवा कार्यमा मन लगाउनु श्रेयस्कर हुनेछ।
मीन-मित्र वा समुहबाट सहयोग मिल्ने दिन। सोचमा नयाँ चमक आउनेछ। तर आफूले उठाएको कुरामा आफैं अडिनुपर्छ। अनावश्यक भ्रम वा अपेक्षा नगर्नु उपयुक्त हुनेछ ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799



लाइभदाङ । ३१ असार २०८२, मंगलवार ०८:०६ बजे