
प्रकाश चौधरी
घोराही, १९ असार ।
दाङको घोराही उपमहानगरपालिका–१७ बर्गदीस्थित सहिद स्मृति पर्यटकीय पार्कमा बिहीवार वृक्षारोपण तथा झाडी सफाइ कार्यक्रम सम्पन्न भएको छ। द्वन्दपीडित सन्जाल दाङका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता एवं नेपाल वार एसोशियसन जिल्ला वार इकाई अध्यक्ष अधिवक्ता गोमा महराको प्रमुख आतिथ्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।
अम्विकेश्वरी सव डिभिजन कार्यालय घोराहीले गुल्मोहर, मसला, टिक, अमला, किरिस लगायतका बिरुवा उपलब्ध गराएको थियो । कार्यक्रममा सहिद परिवार तथा माओवादी केन्द्र घोराहीका सहसचिव रेमन्ता पुन चौधरीले आँपका विरुवा आफैले लिएर रोप्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै अधिवक्ता गोमा महराले सहिदहरु राष्ट्रका साझा व्यक्ति भएकोले पार्क निर्माणमा आफुले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । अहिले पार्कको सम्रक्षण र विकासको अभाव रहेकाले आफुले पनि केहि सहयोग गर्ने र यस्ता साझा सम्पत्तिमा राज्यले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।
सहिद सोङरा चौधरीको श्रीमति पुन्या चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहिद प्रसादुका छोरा छल्लु चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
२०५८ साल मङ्सिर १३ गते तत्कालीन राज्यको शाही सेनाले हत्या गरेका निर्दोष ११ जना किसानहरुको सम्झनामा वृक्षारोपण गरिएको थियो। सहभागीहरूले यस्ता गतिविधिले सहिदको स्मृतिलाई जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।



लाइभदाङ । १९ असार २०८२, बिहीबार ०९:३३ बजे