
दंगीशरण, १३ असार ।
दंगीशरण गाउँपालिकाको आयोजनामा १ महिने पलम्बिङ सम्बन्धी तालिमको एक कार्यक्रमकाविच समापन गरीएको छ । दंगीशरण गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार १ महिने सिपमुलक पलम्बिङ तालिमको आयोजना गरिएको महिला बालबालिका साखा प्रमुख सुनकुमारी घर्तीले जानकारी दिईन्। गाउँपालिकाले आफ्नै स्थानीय तहमा युवा युवतीहरुलाई सीप प्रदान गरी स्वरोजगार बनाउन सिपमुलक तालिमहरुलाई बढवा दिदै आएको छ ।
तालिम समापान समारोहमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पछिल्लो समय गाउँ घरमा सीप सिकेका जनशक्तिको अभाव रहेकाले सिपमुलक तालिमले आय आर्जन तथा स्वरोजगार सङ्ग जोड्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले तालिममा सिकेको सिपलाई नितान्त व्यबहारमा लागू गर्न सके तालिमको औचित्य सावित हुने बताइन ।
तालिममा प्रशिक्षकका रूपमा गणेश भण्डारीले प्रशिक्षण दिएका थिए। समापन कार्यक्रम उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता, अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सिपमूलक तालिमलाई प्राथमिकता दिने बताइएको छ।



लाइभदाङ । १३ असार २०८२, शुक्रबार २०:११ बजे