
तुलसीपुर,११ असार । दाङको तुलसीपुर स्थित हाईटेक कम्प्युटर इन्स्टिच्यूटले विरामीलाई फलफूल वितरण गरेको छ ।
बुधबार इन्स्टिच्यूटका शिक्षक, विद्यार्थीलगायतले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका विरामीहरुलाई केरा, स्याउलगायतका फलफूल वितरण गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालका एक सय बढि विरामीहरुलाई फलफूल वितरण गरिएको हो । सञ्चालक यम सोतीको अध्यक्षता तथा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिएको थियो ।
त्यस अवसरका अधिकारीले विरामीहरुलाई फलफूल वितरण गर्नु राम्रो कुरा भएको बताएका थिए । उनले यस्ता कार्यक्रमले विरामीहरुलाई हौसला बढ्ने समेत बताएका थिए ।
कार्यक्रमको सहजीकरण नवराज भण्डारीले गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले अस्पताल परिसरमा सरसफाई समेत गरेका थिए ।



लाइभदाङ । ११ असार २०८२, बुधबार २१:३५ बजे