अप्टिमिष्ट क्लब तुलसीपुरको पदहस्तान्तरण

तुलसीपुर,२ कात्तिक । अप्टिमिष्ट क्लब अफ तुलसीपुरको पदहस्तान्तरण भएको छ । बर्ष २०८०/०८१ कालागि निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गरिएको छ । विहीबार एक कार्यक्रम गरि पदहस्तान्तरण गरिएको हो । बर्ष २०७९/८० का अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचित कमल सापकोटाको टोलीलाई पदहस्तान्तरण गरिएको हो ।
केही समय अघि भएको अधिवेशनले सापकोटाको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । जसको अध्यक्ष इलेक्टमा एकराज भण्डारी, महासचिवमा बिष्णु योगी, उपाध्यक्षमा टिम अधिकारी र नोवेल डीसी, कोषाध्यक्षमा डम्बर डाँगीलाइ चयन गरेको छ ।

त्यसैगरि डाइरेक्टरमा केश कुमार खडका र कृष्ण पोख्रेल, सचिबमा प्रदिप वली, पार्लियामेन्टमा सन्दिप भुसाल, पीआरओमा मेघराज पोख्रेल, तालिम निर्देशकमा डिआर भण्डारी, शिक्षा संयोजकमा युबराज डाँगी, प्रबक्तामा दिपक बोहरालाई चयन गरिएको थियो ।

त्यस्तै कार्यक्रम मुल्यांकन संयोजकमा नबराज भण्डारी, अतिथि सत्कार संयोजकमा केशव खनाल, युथ मोटिभेटर संयोजकमा माधव बस्नेत, छात्रवृत्ति निर्धारण संयोजकमा हरि वली, कानुनी सल्लाहकारमा निरन्जनबाबू पाण्डेलाई चयन गरिएको थियो ।


त्यस्तै सल्लाहकारहरुमा मेघराज घिमिरे , बिष्णु देबकोटा, झरेन्द्र खरेल, सुर्य शर्मा र गिरिराज डाँगीलाई चयन गरिएको थियो । साथै पदहस्तान्तरण पछि भएको पहिलो बैठकले तुलसीपुर स्थित मानव सेवा आश्रममा दशै मिलन कार्यक्रम गर्ने भएको छ । त्ययस अवसरमा नगरप्रमुख खड्काले छोटो समयमा अप्टिमिष्टले खेलेको भूमिकाको प्रशंसा ब्यक्त गरे ।

यस्तै संघसंस्थाले नै समाज रुपान्तरणमा भूमिका खेल्ने उनको भनाई थियो । कार्यक्रममा नगर प्रबक्ता माधव वली, एमाले नेता विनोद शर्मा, जेसिजका अध्यक्ष सालिकराम वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । साथै पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।