दाङमा पर पुरूषसङ्गै पक्राउ परिन् कार्यपालिका सदस्य

दाङ, ४ असार ।
दाङ प्रहरीले अनैतिक क्रियाकलाप गरेको आरोपमा घोराहीबाट २७ जनालाई पक्राउ गरेको छ । जसमा घोराही उपमहानगरकी कार्यपालिका सदस्यसमेत छिन् ।

उनलाई अप्सरा होटेलबाट बिष्ट थरका परपुरूषका साथ प्रहरीले पक्राउ गरेको हो । एमालेबाट कार्यपालिका सदस्य बनेकी उनलाई छुटाउन मेयर नरूलाल चौधरीले जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीलाई खटाएको र उनीसँग एसपी अर्जुन तिमिल्सिनाको मध्यरात भनाभन भएको जिप्रका स्रोत बताउँछ ।


अन्ततः प्रहरीले दबदबा थेग्न नसकेपछि मंगलबार बिहान ती कार्यपालिका सदस्यसहित २३ जनालाई थुनामुक्त गरिएको छ ।

दाङ प्रहरीका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार २३ जनालाई थुनामुक्त गरिए पनि ४ जना महिलालाई भने अभद्र व्यवहारको कसुरमा मुध्दा चलाइएको छ । साभारः जनआस्था