लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९१ करोड

दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ ।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आईतबार उक्त बजेट सभामा प्रस्तुत गरेका हुन् । जसमा चालु तर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ अर्थात ३०.८८ प्रतिशत र पुँजि तर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ अर्थात ६०.३२ बिनियोजन गरेका छन् ।


त्यस्तै वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात ८.८० प्रतिशत बजेट रहेको छ ।

बजेटमा कृषिको उत्पादन र उत्पादकत्व वृद्धिसँगै गुणस्तरीय शिक्षा, पहुँचयुक्त स्वास्थ्य सेवा, उद्यमशीलता विकास, दिगो पूर्वाधार निर्माण लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ।