
दाङ, ३१ जेठ । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा(अपार)ले स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई सरकारले पुर्नस्थापना केन्द्र सञ्चालन गर्न गर्न थालेको पहलको विषयमा प्रश्न गरेका छन् ।
शनिबार भएको राष्ट्रियसभा बैठकमा अपारले सोधेका छन्“ पुर्नस्थापना केन्द्रहरु राजधानी र शहरमा मात्रै छन्, ति सबै नागरिकको पहुँचमा छैनन, सरकारी स्वमित्वमा पुनः स्थापना केन्द्र बनाउन के पहल छ ?”
यसमा जवाफ दिदै मन्त्री पौडेलले यो महत्वपूर्ण प्रश्न रहेको भन्दै सरकार गम्भीर भएर लागेको बताएका छन् । उनले सरकारले सातै प्रदेशमा पुनस्थापना केन्द्र सञ्चालन गर्ने कुरा भएपनि अगाडी बढ्न नसकेको स्वीकार गरेका छन् ।
सार्वजनिक स्वास्थ्य संस्थामा पुर्नस्थापना विभाग र अन्तरंग पुनस्थापना वार्ड बनाएर प्रक्रिया अगाडी बढाउने गरि तयारी थालेको बताएका हुन् ।
राष्ट्रिय पुर्नस्थापना रणनीति अनुसार केन्द्रमा एउटा पुर्नस्थापना केन्द्र र निजि, गैरसरकारी सस्था, प्रदेश र स्थानीय सरकारको समन्वयमा स्थानीय स्तरमा पनि बनाउने गरि प्रक्रिया अघि बढेको बताए ।



लाइभदाङ । ३२ जेष्ठ २०८२, शनिबार १३:३९ बजे