
सल्यान, २९ जेठ । बिज्ञान शिक्षक समाज नेपाल जिल्ला कार्यसमिति सल्यानको बिस्तारित बैठक विहीबार श्रीनगर सल्यानमा भएको छ।
जिल्ला अध्यक्ष ललित पुनको अध्यक्षतामा भएको बैठकले स्थानीय पालिकागत रुपमा बिज्ञान शैक्षिक सामाग्री निर्माण, बिज्ञान प्रतिभा पहिचान कार्यक्रम, बिज्ञान शिक्षक तालीम लगाएका कार्यक्रमका लागि सल्यान जिल्लाका १० वटै स्थानीय पालिकामा बजेट माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै जिल्ला शिक्षा समन्वय इकाइ सल्यान र १० वटै पालिकाका शिक्षा साखा सङ्ग समन्वय गरि पाठ्यक्रम प्रबोधिकरण, परियोजना कार्य संचालन, प्रयोगात्मक कक्षा संचालन सम्बन्धि बृहत् तालीम संचालन गर्ने, सल्यान जिल्लाभर कक्षा ८ र १० का प्रयोगात्मक परिक्षाको लागि बाह्य सुपरिवेक्षणको ब्यबस्था गर्न र शिक्षक साटफेर भएर प्रयोगात्मक मुल्यांकन गर्नका लागि शिक्षा समन्वय इकाई र स्थानीय पालिका सङ्ग समन्वय गर्ने निर्णय भएको छ ।
त्यस्तै प्राविधि मैत्रि शिक्षण गर्न कक्षा ८ र १० को लागि बिज्ञान विषयको सम्पुर्ण कोर्षको पावरपोइन्ट स्लाइड बनाउन समिति गठन गर्ने र जिम्मेवारी बाडफाड गर्ने, कक्षा ८ र १० को परिक्षामा बिज्ञान विषयको नतिजा सुधार गर्न सल्यान जिल्लाका १० वटै स्थानीय पालिका समितिले ३/३ सेट ग्रिड अनुसार प्रश्नपत्र निर्माण गर्ने र त्यसबाट विज्ञान शिक्षक समाज सल्यानले मोडेल सेट तयार गरि जिल्ला भरका विद्यार्थीलाई तयारी गराउने निर्णय भएको छ ।



त्यस्तै बाँकी रहेका स्थानीय पालिका कार्यसमिति गठन गर्न दार्मा गाउँपालिकामा नेत्रलाल भट्टराई (नारायण), बनगाड कुपिन्डे गाउँपालिकामा ललित पुन, कुमाख गाउँपालिकामा दल बहादुर राना, सिद्धकुमाख गाउँपालिकामा शिव सुन्दर केसीलाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै नेत्रलाल भट्टराईको संयोजकत्वमा सल्लाहकार समिति समेत बनाईएको छ । जसको सदस्यमा माधव जीसी, चुडामनी केसी, दलबहादुर राना र जितेन्द्र मण्डल रहेका छन् ।
बैठकको सहजीकरण स्टान सल्यानका सचिब भिमसेन बिएमले गरेका थिए ।
लाइभदाङ । ३० जेष्ठ २०८२, बिहीबार २३:३४ बजे