प्रदेशसभा सदस्यका उम्मेदवारसहित ८६ जनाले त्यागे एमाले

दाङ, २९ जेठ । एमाले महासचिब शंकर पोख्रेलको निर्वाचन क्षेत्र दाङ २ बाटै ८६ जनाले एमाले परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा गएको निर्वाचनमा दाङ क्षेत्र नं.२(२)बाट उम्मेदवार बनेका गिरिराज केसीसहित छन् ।

उनी काँग्रेसका प्रचण्ड विक्रम न्यौपानेसंग झिनो मतले पराजित भएका थिए । एमालेका पूर्व प्रदेश कमिटि सदस्य समेत रहेका केसीसहित पूर्व प्रदेश कमिटि सदस्य घोराही ८ निवासी गणेश लम्साल, तुलसीपुर ७ प्रसेनी निवासी पिताम्बर आचार्य, दंगीशरण ५ निवासी दुश्यत चौधरी, तुलसीपुर ३ निवासी कलिभान रोकासहित ८६ जनाले विहीबार विज्ञप्ति जारी गरि पार्टी परित्याग गरेका हुन् ।

पार्टीकै सरकार हुँदा ठूला–ठूला भ्रष्टाचारका काण्डहरुमा नेताहरु नै मुछिनु र आफै सरकारमा हुँदा ठूला–ठूला जुलुस निकाल्ने कार्य गरेको भन्दै पार्टी परित्याग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफै सत्तामा हुँदा पनि आफै धामी र आफै बोक्सी हुने कार्य भएको समेत विज्ञप्तिमा उल्लेख छ ।