
मिति २०८२ जेठ २३ गते
मेष: आज मनमा केही चन्चलता र अस्थिरता हुनसक्छ। साढेसातीको प्रभावले थोरै मानसिक दबाब आउन सक्छ, त्यसैले संयम र धैर्य पालना गर्नु लाभदायक हुनेछ। प्रेम सम्बन्धमा खुला र मृदु संवादले समस्याहरू समाधान हुनेछन्। विदेश यात्रा वा ठूलो निर्णयका लागि अहिले अलि पर्खनु उपयुक्त हुन्छ।
वृष: आज नयाँ अवसरहरू खुल्ने समय छ। विदेश सम्बन्धी काममा सफलता मिल्नेछ। माया प्रेममा मिठास र समझदारी बढ्नेछ। आर्थिक पक्ष मजबुत रहन्छ। व्यवसायमा नयाँ योजना अगि बढ्नेछन् ।बुद्धिमानीपूर्वक काम अघि बढाउनुहोस्।
मिथुन :आज विचारमा केहि अनिश्चितता देखिन सक्छ। प्रेम सम्बन्धमा सानातिना असमझदारी आउन सक्छ, तर खुला मनले कुराकानी गर्दा समाधान हुनेछ। विदेशको योजना केही समयका लागि स्थगित गर्नुपर्ला।
कर्कट: परिवार र सामाजिक सम्बन्धहरू मजबुत हुनेछन्। विदेश सम्बन्धी योजना सक्रिय छन् र सफल हुने संकेत छ। माया सम्बन्धमा विश्वास र समझदारीले सम्बन्ध अझ गहिरो हुनेछ। व्यवसायिक सफलता मिल्नेछ ।
सिंह: आत्मविश्वास र प्रतिष्ठामा वृद्धि हुनेछ। साढेसातीको असरले कहिलेकाहीं थोरै तनाव आउन सक्छ, तर प्रेममा धैर्य र संयमले समस्या हल हुनेछ। स्वास्थ्यमा सामान्य ख्याल राख्नुपर्छ।
कन्या: आज केही तनाव र चिन्ताको सम्भावना छ। प्रेम सम्बन्धमा दूरी र अलमल हुन सक्छ, तर मृदु व्यवहारले सम्बन्धलाई बलियो बनाउन सकिन्छ। विदेशका काममा धैर्य राख्नुहोस्।
तुला: सामाजिक र प्रेम सम्बन्ध दुवै राम्रो रहनेछन्। नयाँ साथी बन्ने र प्रेममा मिठास बढ्ने योग छ। विदेशको योजना खासै सक्रिय छैन।
वृश्चिक: कार्य क्षेत्रमा सफलता मिल्नेछ। विदेश जाने योजना सक्रिय छ। प्रेम सम्बन्धमा सकारात्मकता र समझदारी बढ्नेछ।
धनु:अध्ययन र सिकाइमा मन लाग्नेछ। विदेश यात्रा वा उच्च शिक्षा सम्बन्धी योजना अघि बढ्नेछ। प्रेम सम्बन्धमा स्थिरता र मिठास रहनेछ।
मकर: केहीँ मानसिक दबाब हुनसक्छ। प्रेम सम्बन्धमा झमेला आउन सक्छ, संयम र समझदारी आवश्यक छ। स्वास्थ्यमा सतर्कता अपनाउनुहोस्।
कुम्भ: मानसिक तनाव र संघर्ष हुन सक्छ। प्रेममा कहिलेकाहीं असमझदारी आउन सक्छ, तर ध्यान र योगले मनोबल बलियो बनाउनेछ।
मीन: साढेसातीको अन्तिम चरणमा संवेदनशीलता बढी हुन्छ। प्रेममा धैर्य र माया आवश्यक छ। विदेश यात्रा वा स्वास्थ्य सम्बन्धी काम अघि बढ्नेछ। सकारात्मक सोच राख्नोस्।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799



लाइभदाङ । २४ जेष्ठ २०८२, शुक्रबार ०६:२७ बजे