तुलसीपुर खानेपानीको निर्वाचन : दीपक गिरीको काउन्टरमा गेहेन्द्र गिरी समूह

तुलसीपुर
१५ पुस / तुलसीपुर खानेपानीको निर्वाचनमा पनि काँग्रेस भित्रै गुटको लडाई देखिएको छ । अन्य पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको अबस्थामा काँग्रेस भित्रका उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएका छैनन । खानेपानीमा दीपक गिरी प्यानको काउन्टरमा गेहन्द्र गिरीको समूह सक्रिय भएको भनि बहस हुन थालेको छ ।

तुलसीपुर खानेपानीको अध्यक्षमा काँग्रेसको भाग परेको छ । त्यसमा दीपक गरी निकट मानिले यमकान्त भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाईएको छ । उनी यातायात व्यबसायी पनि हुन् । यातायात व्यबसायी सुरेश हमाल नै अध्यक्ष भएको काँग्रेस तुलसीपुरले भण्डारीलाई नै अध्यक्षको आधिकारीक उम्मेदवार बनायो । अब उनी काँग्रेसका मात्रै उम्मेदवार रहेनन् । उनी तुलसीपुरमा क्रियाशिल ९ दलका तर्फबाट अध्यक्षका उम्मेदवार हुन् । तर, उनलाई सर्वसम्मत बन्न सकेनन् ।

उनको काउन्टरमा यातायात व्यबसायीलाई नै अगाडी सारियो । उनी हुन्, काँग्रेस भित्र गेहेन्द्र गिरी निकट मानिने पबन बुढाथोकी । अब ९ दलका उम्मेदवार (काँग्रेसको दीपक गिरी प्यानल निकट मानिने) यमकान्त भणडारीसंग उनकै पार्टी भित्रका –गहेन्द्र गिरी निकट मानिने) पवनराज बुढाथोकीसंग चुनावी प्रतिस्पर्धा हुनेछ । अध्यक्ष अर्का उम्मेदवार दीपक धिताल काँग्रेस वीपीका नेता हुन् । उनी यस अघिको खानेपानीको निर्वाचनमा आफूलाई आधिकारिक उम्मेदवार नबनाएपछि काँग्रेस भित्रकै उम्मेदवार विरुद्ध बागी हालेका थिए । उनले उक्त निर्वाचनमा लज्जास्पद हार व्यहोरेका थिए । त्यसपछि उनले काँग्रेस पार्टी नै परित्याग गरेका थिए ।


उपध्यक्षमा पनि काँग्रेस भित्रको लडाई छताछुल्ल देखिएको छ । ९ दलको गठबन्धनले उपाध्यक्षमा माओवादीको भागमा पारेको थियो । माओवादीले आफ्नो तर्फबाट उपाध्यक्षमा सिताराम शर्मालाई उम्मेदवार बनाएको छ । तर, उनको ठाउँमा पार्टीले बागी उम्मेदवार हालेन, तर, काँग्रेस विरुद्ध भने उम्मेदवार हालिएको छ । उपाध्यक्षमा काँग्रेस(गेहेन्द्र गिरी निकट मानिने) गिरीधारी न्यौपानेले उम्मेदवार हालेका छन् । उनको काउन्टरमा पूर्ण प्रसाद धिताल(दीपक गिरी निकट मानिने) ले उम्मेदवारी हालेका छन् । गिरीधारीले उम्मेदवारी फिर्ता लिए मात्रै धितालले उम्मेदवारी फिर्ता लिने अडान राखेपछि दुबैले उम्मेदवारी फिर्ता लिएनन् । काँग्रेसका एक नेताले भने‘ गिरीधारीले हाम्रो निर्णयलाई मानेनन्, उनले हाम्रो निर्णय कुनै पनि हालतमा नमान्ने भए ।’

सचिबमा एमालेको भाग परेको थियो । एमालेमा फेरी एमालेले नै काउन्टर गरे । एमालेका सेवकराम भण्डारीलाई ९ दलको आधिकारीक उम्मेदवारका रुपमा अघि सारियो । तर,उनको काउन्टरमा एमालेकै दामोदर लामिछानेले उम्मेदवारी दिए । कोषाध्यक्ष विप्लव निकट नेकपाको भागमा परेको थियो । पार्टीले भद्रबहादुर वलीलाई उम्मेदवारका रुपमा पठाएको छ । उक्त पदमा पनि ४ जनाको उम्मेदवारी परेको छ । जसमा काँग्रेसका मेघराज न्यौपाने, माओवादी केन्द्रका कर्णबहादुर वली, काँग्रेसमै भोला थापाको उम्मेदवारी परेको छ । थापा गेहेन्द्र गिरी पक्षीय हुन् ।

त्यस्तै २ जनाको कोठा रहेको पुरुष सदस्यमा तीन जनाको उम्मेदवारी परेको छ । पदमबहादु्र खड्का, लक्षमण केसी र शोविन्द्र चन्दको उम्मेदवारी परेको छ । उनीहरु तीनजनाबीच निर्वाचन हुनेछ । आधिकारिक उम्मेदवार राप्रपाका लक्ष्मण केसी र राप्रपाका पदमबहादुर खड्का रहेका छन् । तीन जना महिला सदस्यमा भने निर्विरोध भएको छ । एमालेका आशा जीसी, जनता समाजवादीका गीता विष्ट र जनमोर्चाका छमा भण्डारी निर्विरोध भएका छन् । १० जनाको महिला सदस्यमा उम्मेदवारी परेको थियो । ति मध्ये ७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।