प्रादेशिक अस्पतालका निमित्त मेसु भन्छन्ः नीतिमा आएपनि दुईसय बेड, भन्ने ग्यारेन्टी छैन

तुलसीपुर, १५ जेठ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले नीति तथा कार्यक्रममा दुई सय बेडको अस्पताल बनाउने भन्ने कुरा उल्लेख भएको प्रति खुसी ब्यक्त गरे । यद्यपी यस्तो नीति लुम्बिनी प्रदेश सरकारले विगतमा पनि ल्याउथ्यो । तर,बजेटमा हुँदैनथ्यो । यो पटक पनि त्यस्तै हुन्छ, की भन्ने कुरामा उनले आशंका ब्यक्त गरे ।

“यस्तो नीति विगतमा पनि आउथ्यो, अहिले पनि नीतिमा आएको छ, तर, बजेटमा आउछ, की आउँदैन, भन्ने कुरा अन्योलमै छ”,उनले भने“अझै विश्वास गर्ने अबस्था छैन ।” अहिले ३० करोड बजेट आउने भनि चर्चा गर्ने गरिएको भन्दै विगतमा पनि कर्मचारी तलबसहित गरि जम्मा २८ करोड बजेट आउने गरेको भन्दै त्यसमै २ करोड थपेर ३० करोड बनाएको भए, त्यो बजेटले उपलब्धी नदिने समेत उनले बताए ।


यदि २८ करोडमा थप ३० करोड भएमा भने त्यसले काम हुने बताए । हाल ५० बेटको अस्पताल भएपनि १ सय ४४ बेडका रुपमा सञ्चालनमा रहेको उनको भनाई छ ।