
दाङ, ९ वैशाख । नवप्रवेशी तथा सरुवा पीडित शिक्षकहरुले सरकारले आफ्ना माग नसुनेमा राजीनामा दिएर सडकमा आउन बाध्य हुने बताएका छन् ।
समितिका संयोजक नेत्रलाल भट्टराई(नारायण)ले ध्यानाकर्षण पत्र लेख्दै शिक्षक सरुवा अन्तरप्रदेश ७ बर्ष, एक प्रदेश भित्र ५ बर्ष र पालिका भित्र २ बर्ष भनि शिक्षा विद्येयकमा प्रस्ताब गरेको भन्दै यो मान्य नहुँने बताए ।
शिक्षकहरुको अतिरिक्त सुविधा नहुँने भन्दै घरपायक नै शिक्षकहरुकालागि उत्तम हुने भन्दै यस तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ । संसदमा हुने यस्ता बहसमा सांसदहरुले ध्यान दिनुपर्ने समेत उनको भनाई थियो ।
सरुवाको सन्दर्भमा शिक्षा ऐन २०२८ कै प्राबधान उत्तम हुने उनको भनाई छ ।



लाइभदाङ । ७ जेष्ठ २०८२, मंगलवार २०:५४ बजे