
दाङ , ५ जेठ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज(सोमबार) प्रस्तुत गर्दैछ । प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिब दुर्लभ कुमार पुनले बताए ।
उहाँका अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरल नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायलाई प्राथमिकता राखेर नीति ल्याउन लागेको हो । विगतका पूरा नभएका योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी रहेको छ ।



लाइभदाङ । ६ जेष्ठ २०८२, सोमबार ०८:३५ बजे