
दीपक बोहरा
दाङ, १ जेठ । दाङका १० वटा पालिका मध्ये सबै भन्दा बढि बेरुजु तुलसीपुर उपमहानगरपालिकाको रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/०८१ को प्रतिवेदन अनुसार तुलसीपुर उपमहानगरपालिका जिल्लाको सबै भन्दा बढि बेरुजु भएको पालिका हो, भने सबै भन्दा कम राप्ती गाउँपालिका रहेको छ ।
सबै भन्दा बढि रहेको तुलसीपुर उपमहानगरपालिकाको बेरुजु २.१९ प्रतिशत रहेको छ । ४ अर्ब ७ करोड ७४ लाख रकमको लेखा परीक्षण भएकोमा ८ करोड ९४ लाख १६ हजार बेरुजु देखिएको छ । त्यस्तै सबै भन्दा कम भएको राप्ती गाउँपालिकाको बेरुजु २१ लाख ४५ हजार छ ।
१ अर्ब ५६ करोड ७० लाखको लेखा परीक्षण भएकोमा सोही बराबर बेरुजु भएको हो । जुन ०.१४ प्रतिशत हो ।




लाइभदाङ । २ जेष्ठ २०८२, बिहीबार १०:३४ बजे