दंगीशरणमा स्काउट पोषाक वितरण

दिप्तीशिखा चौधरी,

दंगीशरण, ६ फाल्गुन।


दंगीशरण गाउँपालिकाको आयोजनामा श्री सिद्ध पृथ्वी जनता मा.वि.का विधार्थीहरुलाई स्काउट पोषाक वितरण कार्यक्रम सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी, लुम्वीनी प्रदेश सदस्य रवीन वली, दंगीशरण गाउँपालिका स्काउट संयोजक दुर्गा वलीले उक्त स्काउट पोषाक हस्तानतरण गरेका हुन् । १६ जाना छात्र,१६ जाना छात्रा गरि ३२ जाना विद्यार्थीहरुलाई स्काउट पोसाक बितरण गरिएको हो ।
बालबालिकालाई स्काउट पोशाक वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बालबालिका तथा युवा वर्गलाई शरिरिक, मानसिक र बौदिक विकास गरी उनिहरुलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागि गराउन नेपाल स्काउले महत्वपूर्ण भमिका खेल्ने बताउनु भयो । दंगीशरणका हरेक विद्यालयका बाललबालिकाहरुलाई स्काउटिङ शिक्षा पुयाउने लक्ष्यका साथ संचालन गरेको यो कार्यक्रम श्रीगाउँ विधालयमा पहिलो चरणको कार्यक्रम रहेको उहाँले बताउनु भएको छ । अहिलेको समाज र बालबालिका अलिकति बिचलित भै स्वयंसेवक भावना हराएको बताउदै अहिलेको समयमा स्काउटिङ शिक्षा अनिवार्य रहेको उहाले जोड दिनुभयो । अध्यक्ष चौधरीले दंगीशरणमा हरेक सामाजीक कार्यमा अग्रसर हुन विधार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बालबालिका शिक्षित भए मात्रै समाज सभ्य बन्ने बताउदै नैसर्गीक विकास हुन जरुरी बताउनु भयो । बालबालिकाले सानै उमेर देखी सामाजिक सेवाभाव प्रति आकर्षित गराउन,शान्ति, शुशासन, मेलमिलापका बारेमा बुझाउन स्काउटले भुमिका खेल्ने बताउनु भयो । शिक्षा कितावमा मात्र सिमीत नभई व्यवहारीक ज्ञान आर्जन गर्नुपर्ने आजको आवश्यक्ता रहेको उहाँले बताउँनुभयो । हरेक क्षेत्रमा विधार्थी हुदाकै समयमा अगाडि बढेमा लक्ष्यमा पुग्न त्यती समय नलाग्ने भन्दै प्रविधिसंग नजिक भई शिक्षा आर्जन गर्नुपर्ने उहाँले बताउँनुभयो ।
कार्यक्रममा लुम्वीनी प्रदेश सदस्य रविन वलीले स्काउटले हरेक विपदका समयमा सामाजीकमूखी कार्य गर्न सक्ने भन्दै बिधार्थीहरुका लागि यो अर्को विषय रहेको बताउँनुभयो ।
कार्यक्रममा विधालय प्रधानाध्यापक हर्क बहादुर बुढाथोकिले सामाजिक सेवाभावको शिक्षा अहिले आवश्यकता रहेको बताउदै दंगीशरणको यो नयाँ कार्यप्रती खुसी ब्यक्त गर्दै धन्यवाद दिनु भयो ।
यस्तै कार्यक्रममा नेपाल स्काउटको विधालय स्तरीय समिती गठन गरेको छ । जसको संरक्षणमा हर्कबहादुर बुढाथोकि, सदस्य सचिव गुरु प्रशाद गौतम, सदस्यहरुमा लिलाधर वली, रेशम बहादुर वली, शिक्षक प्रतिनिधि हिमाल वली, सामापजक वुद्धिजिवी एक जना, रेडक्रस अध्यक्ष र सुरक्षा निकाय बाट एक जना रहने गरि समिती गठन गरेको छ । यस्तै स्काउट मास्टर गुरुप्रशाद गौतम र गु्रपलिडर गरिमा कवँरलाई चयन गरेको छ । यस्तै समीतीमा विभीन्न नाममा विभाजन गरि समिती गठन गरेको छ । पेट्रोल टाईगरमा सुदिप देवकोटा,नीरज देवकोटा, लोकराज अधिकारी, नवीन वली, सुनिल के.सी., रविन वली, सुरेनद्र चौधरी, जनक रावल रहेका छन् । पेट्रोल सिंहमा नवीन वली, प्रशान्त डांगी, छवी बुढाथोकि, निगम हमला, मोहन के.सी., लक्ष्मण के.सी.,दिपेनद्र डांगी, मिलन के.सी., पेट्रोल सुगामा पूर्णीमा खड्का, वर्षा भण्डारी, चनद्रकला बोहरा, अञ्जु डांगी, मनिषा वि.क, गरिमा कवँर, कविता वि.क. र पिमा डांगी, पेट्रेल डाफेँ समूहमा लुमा कवँर, एलीना शर्मा, जमुना खड्का, प्रभा वली, विमला वली, वर्षा बस्नेत, खगीसरा घर्तीमगर, लक्ष्मी खड्का रहेका छन् । समितीले प्रत्येक महिनाको अन्तीम शुक्रवार स्काउट गतीविधि नियमीत रुपमा संचालन गर्ने जनाएको छ । दंगीशरण गाउँपालिका स्काउट संयोजक दुर्गा वलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।