इस्लाम धर्मालम्बी भन्छन् : मृत्यु संस्कारकालागि हामीलाई जग्गा देउ

दाङ
१० पुस / लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले सबै धर्मलाई समान व्यबहार गर्नुपर्ने बताए । । शनिबार ‘क्रसमस डे’को अवसरमा तुलसीपुरमा भएको जिल्ला स्तरीय बृहत ख्रीष्टमस ¥याली तथा महोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताए । ‘नेपालको संविधानमा धर्म निरपेक्ष नेपाल भएको कुरा उल्लेख गरिएको छ’,उनले भने‘त्यसैले सबै धर्म मान्ने व्यक्तीलाई समान व्यबहार गर्नुपर्छ, कसैलाई पनि काखा र पाखा गर्नुहुँदैन ।’

दाङ इसाई समुदायले आयोजना गरेको उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले धर्मका नाममा अन्धविश्वासलाई प्रसय दिन नहुँने बताए ।‘धर्मका नाममा विश्वास गरेर डोकोमा दुध दोएर कहिल्यै पनि अडिदैन’,उनले भने‘बस्तुगत परिस्थितिलाई हामीले समृद्धिमा लैजानकालागि हाम्रा धर्म, आस्थालाई यथावत गर्दै नयाँ विचारको पनि विकास गर्नुपर्छ ।’


त्यस अवसरमा ईसाइ धमालम्बीहरुले मौलिक हक कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए । उनीहरुले जन्मेदेखि मृत्यु संस्कारका लागि अबश्यक पर्ने बिभिन्न अधिकार प्राप्त गर्न नसकेको बताएका हुन । कार्यक्रममा दाङ ईसाइ समुदायका उपाध्यक्ष एव पाष्टर मनोज बस्नेतले धर्म परिवर्ततनका नाममा आफूहरुलाई राज्यले अझै पनि दुःख दिईरहेको बताए । उनले क्रिश्च्यन धर्मलाई बिश्वास गर्नेहरुका लागि मृत्यु संस्कारका लागि जमिन आबश्यक पर्छ त्यसकालागि जमिन उपलब्ध गराउनु पर्ने बताए ।‘हाम्रो मृत्यु संस्कारकालागि जमिन चाहिन्छ’,उनले भने‘तर, हामीलाई जमिन उपलब्ध भएको छैन, हामीलाई जमिन उपलब्ध गराउन अनुरोध गर्दछु ।’