
तुलसीपुर, ११ वैशाख। नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघको उपाध्यक्षमा दाङका शुरेस हमाललाई निर्वाचित गरिएको छ ।
दोस्रो राष्ट्रिय महाधिवेशनबाट हमाल सर्वसम्मत निर्वाचित भएका हुन्। उनी दाङ तुलसीपुर निवासी हुन् । काँग्रेस तुलसीपुरका सभापति समेत रहेका हमाल लामो समय यातायात क्षेत्रमा क्रियाशिल छन् ।
उनी हाल त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष समेत छन् । हमाल उक्त प्रालिको लामो समय नेतृत्वमा रहेका ब्यक्ती हुन् ।



लाइभदाङ । ११ बैशाख २०८२, बिहीबार २२:२१ बजे