माधव नेपाल दाङमा, युवासंघद्वारा स्वागत

तुलसीपुर
९ पुस / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल दाङ आएका छन् ।

उनी सल्यानबाट शुक्रबार साँझ दाङ आएका हुन् । दाङमा शनिबार हुने पार्टीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्न दाङ आएका हुन् । दाङ आएका उनलाई तुलसीपुुरमा पार्टीको भातृसंगठन युवा संघले स्वागत गरेको छ ।


संगठनका जिल्ला उपाध्यक्ष हरिष गिरीसहित निर्मल डाँगी, महेश परियार, आनन्द बुढाथोकी, लक्ष्मण वलीसहितको टोलीले स्वागत गरेको हो ।

नेपाल आज घोराही बस्ने र भोली भालुवाङमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । यस अघि नेपालले सल्यानमा भएका बिभिन्न कार्यक्रमलाई सम्बोधन गरेका थिए ।