तुलसीपुर नगर प्रहरीमाथि आक्रमण

तुलसीपुर, २१ चैत । तुलसीपुर उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीमाथि आक्रमन भएको छ ।

बुधबार बेलुका ७ बजेतिर तुलसीपुर–१२, एयरपोर्ट नजिकै आक्रमण भएको हो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको सचिबालयका अनुसार ग्वारखोलामा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्रयाक्टर नियन्त्रणमा लिने नगर प्रहरीमाथी आक्रमण भएको हो ।


आक्रमणबाट नगर प्रहरी असई संजय गिरी र हवल्दार बिनोद रेउले घाइते भएका छन् । नगर प्रहरी असई गिरीको नेतृत्वमा रहेका चार जना नगर प्रहरीले रा.१.त. ४०२३ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिन खोज्दा ट्रयाक्टर चालक तथा सवारीधनी लगायतका व्यक्तिहरुले अवरोध गर्दै घरेलु हतियारसहित आक्रमण गरेका थिए ।

घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको र अर्का एक जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल सिंह ठकुरीले जानकारी दिए ।