दंगीशरणमा महिला स्वास्थ्य स्वयंसेवीकाको लागि ५ दिने आधारभुत तालिमको उद्घाटन

दंगीशरण, १९ चैत्र ।
स्वयंसेवीका समुदायको सबैभन्दा पहिलो डाक्टर रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् ।

दंगीशरण गाउँपालिका स्वास्थ्यसाखाको आयोजनामा महिला स्वास्थ्य स्वयंसेवीकाको लागि ५ दिने आधारभुत तालिमको उद्घाटन गर्दै अध्यक्ष गिरीले यस्तो बताएका हुन् । स्वयंसेवीका भन्ने शब्द आफैमा सम्मानित शब्द रहेको उनको भनाइ थियो ।

दंगीशरण गाउँपालिका स्वास्थको क्षेत्रमा सदैव गम्भीर रहेको बताउदै पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएको र सोहि अनुसार बजेट बिनियोजन गर्दैआएको बताए । स्वयंसेवीकाहरुलाई हरेक रुपले अब्बल बनाउन आधारभुत तालिमहरु दिने गरेको अध्यक्ष गिरीको भनाइछ ।


उद्घाटन कार्यक्रमका बिशिस्ट अथिती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालीले स्वास्थ्य सम्बन्धि समाजमा गर्ने हरेक अभियानहरु होस या महामारीको बेला पनि प्रत्यक्ष समुदाय सङ्ग जोडिएर फ्रन्टलाइनमा महिला स्वास्थ्य स्वयंसेवीकाको भुमिकाको उच्च प्रसंसा गरेका थिए ।

यस्तै दंगीशरण गाउँपालिका स्वास्थ्यसाखा प्रमुख प्रदिप योगीले गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा सवै साखा भन्दा बढि बजेट बिनियोजन गर्ने गरेको प्रति खुसि ब्यक्त गरेका छन् । २०४५ /०४६ मा महिला सामुदायिक स्वयंसेवीकाले मातृ मृत्युदर घटाउन महत्त्वपूर्ण भुमिका खेलेको बताए ।

समाजमा सजिलै र सहज तवरले सन्देश र सुचना प्रवाहको सवालमा उत्कृष्ट भुमिकामा महिला स्वास्थ्य स्वयंसेवीकाहरु रहेको बताए । स्वास्थ्यसाखा नर्सिङ राधा शर्माको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण आधारभुत स्वास्थ्यकेन्द्र रामपुरका प्रमुख दामोदर शर्माले गरेकाथिए ।