दाङकाे तुलसीपुरमा खुकुरी प्रहार हुँदा एक जना घाईते

तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घरमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।

मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार गर्दा तुलसीपुर १८ दुधरास निवासी १८ बर्षिय विनाेद नेपाली घाईते भएका हुन् ।


सामान्य विवाद हुँदा खुकुरी प्रहार भएकाे हाे । खुकुरी प्रहार हुँदा ढाडमा गहिरोचोट लागेकाे छ । उनकाे राप्ती प्रादेशिक अस्पताल सामान्य उपचार पश्चात थप उपचारका लागी नर्सिङहोम नेपालगंज रिफर गरिएकाे छ ।

खुकुरी प्रहार गर्ने ब्यक्तिहरूकाे पहिचान हुन सकेकाे छैन । खुकुरी हान्ने ब्यक्ति फरार रहेका छन् ।