एमसीसीका बारेमा एमाले महासचिब पोखरेलले भने :‘दृष्टिकोण बनाउन नसक्ने भए सरकारमा बस्ने नैतिकता छैन’

दाङ
५ पुस / नेकपा एमालेका महासचिब शंकर पोखरेलले गठबन्धन सरकारले एमसीसीका बारेमा दृष्टिकोण बनाउन नसकेको बताए । प्रेस चौतारी दाङको सोमबार घोराहीमा भएको नवौं अधिवेशनलाई उद्घाटन गर्दै महासचिब पोखरेलले गठबन्धन सरकारले एमसीसीको धारणा बनाउनकालागि प्रतिपक्षको आश गरिरहेको भन्दै आफूले धारणा बनाउन नसक्ने भए सरकारमा बसिरहन नैतिकताले नदिने बताए ।

‘हरेक नयाँ मुद्दाहरु आउछन्, गठबन्धन निर्णय गर्न सक्दैनन । एमसीसीका बारेमा सरकारको दृष्टिकोण के हो ? उ प्रतिपक्षसंग आश गरेर बस्छ’, उनले भने‘ जब सरकारले दृष्टिकोण बनाउन सक्दैन भने त्यसलाई सरकारमा रहन नैतिक अधिकार छ ? राष्ट्रियताको मामिलामा दृष्टिकोण बनाउन नसक्ने गठबन्धन प्रतिपक्षमाथि आश गर्ने खालको नेतृत्व छ भने त्यसले समाजको नेतृत्व कसरी गर्न सक्छ ?’

यो विषयमा सञ्चार माध्याममा पनि बहस हुन आबश्यक रहेको उनको भनाई थियो ।


साथै उनले एमालेमाथि चौतर्फी घेराबन्दी भइरहेको भन्दै यसलाई चीर्ण पनि मिडियाले भूमिका खेल्नुपर्ने बताए । प्रतिनिधसभा विघटन नेपालका राजनीतिक दलहरुमा देखा परेको कुन्डा, विरोध, प्रतिसोध र सडयन्त्र सामाना कालागि प्रयोग गरिएको रणनीति रहेको बताए ।‘जनताका बिचमा जाने कुरा लोकतन्त्रको सुन्दर पक्ष हो ।

यदि प्रतिनिधिसभा बिघटन गर्ने कुरा गलत हो भने गठबन्धनले पनि जनताको बीचमा गएर दण्डित गर्न सक्नु पथ्र्यो’, उनले भने‘तर त्यो आँट गठबन्धनले गर्न सकेको छैन ।’ साथै यो गठबन्धन नियोजित स्वार्थकालागि भएको बताए । उनले जनमतको आदेश विरुद्धको गठबन्धन रहेको बताए ।