
तुलसीपुर, १८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित अस्वारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनको मतपरिणाम अनुसार सत्तापक्ष गठबन्धन अगाडी रहेको छ ।
शनिबार भएको मतगणना अनुसार सत्तापक्ष गठबन्धनमा रहेको एमाले र काँग्रेस सम्मिलित गठबन्धनबाट अध्यक्षका उम्मेदवार शिवहरी भण्डारीले २२५ मत ल्याएका छन्, भने स्वतन्त्र प्यानलका नरेश घर्तीले १५८ मत ल्याएका छन् ।



शनिबार भएको मतदानमा ४९१ मत खसेको थियो ।
लाइभदाङ । १७ फाल्गुन २०८१, शनिबार १९:१५ बजे