
तुलसीपुर, १२ फागुन । दाङको तुलसीपुरमा मंगलबारदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुँदैछ ।
उक्त कार्यक्रमको उद्घाटनशत्र भन्दा अघि शोभायात्रा हुने भएको छ । श्रीबेंकटेस लक्ष्मीनारायण मन्दिर तुलसीपुर ६ रजौराको आयोजनामा हुन लागेको सप्ताहको पूर्वसन्ध्यामा शोभायात्राले बजार परिक्रमण गरेर पुनः मन्दिरमा पुगेर कार्यक्रम उद्घाटन हुनेछ । मंगलबारदेखि २० गतेसम्म वार्षिक उत्सवको अवसरमा महायज्ञ लगाउन लागेको हो।
महायज्ञमा मठादिश युवासन्त बाल ब्रह्मचारी स्वामी श्रीकेशव आचार्यले प्रवचन दिनेछन्न् । महायज्ञमा भक्तजन एवं दाताहरूलाई धन्धाञ्चल, तुलादान, गोवर्धन पूजा, १००८ शालिग्राम प्रदक्षिणा एवं अर्चना, गौपूजा व्रतबन्ध लक्ष्य वहन लक्ष्यवर्ती प्रज्वलन ८४ पूजा लगायतका अवसरहरू प्रदान गरिनेछ ।
साथै एक दिनको राजभोगका लागि रु ५,१००, यस्तै एक दिनको प्रसाद वितरणका लागि रु २५०० ,तुलादानका लागि रु५००, मूलकर्ता बन्नका लागि रु। २५००० कर्ता बन्नका लागि रु। ७००० व्रतबन्धका लागि रु २५०० लक्ष्य बत्तिका लागि रु। २१००, ८४ पूजाका लागि रु ५१००, शालिग्राम भगवानको १००८ अर्चनाका लागि रु ५०५ लक्ष्य बहनकर्ताका लागि लक्ष्य हवनकर्ताका लागि रु ११०० तोकिएको छ।



लाइभदाङ । १२ फाल्गुन २०८१, सोमबार २२:०५ बजे