
दंगीशरण, ९ फाल्गुन ।
दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित गाउँपालिका स्तरीय तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता २०८१ को शुक्रबार एक भव्य कार्यक्रमकाविच समापन गरीकोछ । स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल उदेश्यकासाथ बुधबारदेखि शुरुभएको तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले समापन गरेका हुन ।
अध्यक्षकप समापन समारोहलाइ सम्बोधन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफ्नो गाउँपालिकाक सबै उमेर समुह,तथा सवै वर्गलाई सम्बोधन गर्न आफु निर्वाचित भएर आएसङ्गै अध्यक्षकप खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए ।
खेलकुदले खेलाडिको अनुशासन र शृजनशिलतालाई समेत सहयोग गर्ने बताउदै गिरीले खेलकुदको माध्यमबाट कुनैपनि ठाउँलाइ चिनाउन र ब्यक्तित्व विकासका लागि खेलकुद अपरीहार्यहुने अध्यक्ष गिरीको भनाइथियो ।
यस्तै समापन समारोहमा बोल्दै अध्यक्षकप खेलकुद समितीका सयोजक एबम वडा नं.६ का वडा अध्यक्ष रोशन जंग शाहले खेलकुदको विकासका लागि एक वडा एक खेलमैदान र एक पालिका एक खेलकुद रङ्गसालाको अवधारणा लागु गर्नुपर्ने बताए । यस्तै खेलकुदको विकास र विस्तारका लागि अगाडि बढ्न आफुले कार्यपालिकामा सदैव आवाज उठाने साहको भानाइ थियो ।
शुक्रबार सम्पन्न खेलमा पुरुष भलिबल तर्फ वडा नं. ३ ले वडा नं. ५ लाई २र२ को सेटमा पराजित गर्दै वडा नं. ३ ले तृतिय स्थान हासिल गर्यो । वडा नं. ६ र वडा नं. ७ विच भएको पुरुष भलिबलमा वडा नं. ६ ले वडा नं. ७ लाई सोझो सेटमा पराजितगर्दै वडा नं. ६ ले प्रथम स्थान हासिल गर्यो भने वडा नं. ७ ले उप बिजेतामा चित्त बुझायो ।
त्यस्तै शुक्रबार पुरुष फुटबल तर्फभएको तृतीय स्थानको लागि भएको खेलमा वडा नं. १ ले वडा नं. ३ लाइ ट्राइवेकरमा हराउदै वडा नं. १ ले तृतीय स्थान हासिल गर्यो ।त्यस्तै प्रथम स्थानका लागि भएको पुरुष फुटबलमा २र० को गोल अन्तरले पराजितगर्दै वडा नं. ६ ले प्रथम स्थान हासिलगर्यो भने वडा नं. ७ उप बिजेतामा चित्त बुझाउन बाध्यभयो ।
त्यस्तै शुक्रबार नै सम्पन्न महिला घैटाफोड प्रतियोगितामा सरिता कुमारी रावत प्रथम, दिलमाया केसी द्दितिय र जित कुमारी परीयार तृतीय भइन । त्यस्तै जेष्ठ नागरीकहरुका लागि आयोजना गरीएको सियो धागो प्रतियोगितामा हरी बहादुर भण्डारी प्रथम,रुपलाल नेपाली द्दितिय र चुडामणिा बि.क तृतीय भए । अपाङ्गता भएका ब्यक्तीहरुका लागि भएको बैशाखि दौड प्रतियोगीतामा लक्ष्मण चौधरी प्रथम,र रुपलाल चौधरी द्दितिय भए ।
समापन समारोहमा दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुदसाखा प्रमुख बिनोद अधिकारी,कार्यपालिका सदस्य मिना चौधरी,कार्यपालिका सदस्य टंकी भण्डारी,वडा नं. १ का वडा अध्यक्ष एबम गाउँपालिका प्रवक्ता रमेश भण्डारी लगायतले आ अफ्नो भनाइ राखेका थिए ।
तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएकोथियो भने कार्यक्रमको संचालन दंगीशरण गाउँपालिकाका प्रेस सयोजक प्रमोद आचार्यले गरेकाथिए ।



लाइभदाङ । ९ फाल्गुन २०८१, शुक्रबार १८:५९ बजे