सगरमाथा स्कुलको बार्षिकोत्सवः अतिरिक्त क्रियाकलापमा जोड

दाङ, ४ फागुन । तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंग्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो १८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

त्यस अवसरमा बक्ताहरुले विद्यालयले गरेको अतिरिक्त क्रियाकलापको प्रशंसा गरेका थिए । विद्यालय सञ्चालक समिति अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि खड्का विद्यालयले अतिरिक्त क्रियाकलापसंगै सीप मुलक शिक्षामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर–९ का अध्यक्ष घनश्याम ढकालले दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए ।
त्यस्तै तुलसीपुर–३ का वडा अध्यक्ष विजय विकले विद्यालयको अबस्थाका बारेमा अभिभावकहरुले पनि चनाखो बन्नु पर्ने बताए ।


कार्यक्रममा प्रधानाध्यापक छविकुमार वलीले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षण पद्धति, प्रविधिमैत्री कक्षा कोठा र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने बताए । उनले विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण बढिरहेको समेत बताए ।

कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले गरेका थिए ।