
दाङ २६ माघ ।
दाङमा १० वर्षीय बालकले भरूवा बन्दुक चलाउँदा उनकाे सहाेदर भाईकाे मृत्यु भएकाे छ ।
शनिबार बिहान ११ बजेतिर तिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ठुटा सम्बा निवासी १० वर्षीय शिशिर केसीले बन्दुक चलाउँदा नौ वर्षे भाइ भुवन केसीको मृत्यु भएको हो।
घर देखि १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा घरमा बाजे ६२ बर्षीय भुविन्द्र खत्रीले घरमा लोड गरी राखेको १ नाले भरुवा बन्दुकले भुवनकाे दाँया कंचटमा हान्दन घट्ना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले बताए ।
उनका अनुसार बाजे भुविन्द्र खत्रीसहित १ थान भरुवा बन्दुक, छर्रा ३२८ पिस र फलामको ४ वटा गोली बरामद गरिएकाे छ । बाजेले भरेर राखेेकाे बन्दुकलाई खेलाउने क्रममा पड्किएकाे प्ररम्भिक अनुसन्धानले खुलेकाे प्रहरी निरीक्षक खत्रीले बताए ।
घटनका बिषयमा अनुसन्धान भइरहेको छ ।



लाइभदाङ । २६ माघ २०८१, शनिबार १३:२१ बजे