दाङमा लडेर एकजना गम्भिर घाइते

तुलसीपुर, २२ माघ ।  दाङको शान्तिनगरमा लडेर एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका–४ फालाबाङ घर भई अहिले दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलामा बस्दै आएका अन्दाजी ५० बर्षीय हरि बहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हरि बहादुर विगत केही दिनदेखी शान्तिनगर–४ मा रहेको तिलका डाँगीको घरमा बसेर घाँस काट्ने काम गर्दै आउनुभएको थियो ।

आइतबार साँझ करिब ७ बजेको समयमा घर नजिकै आफै लडेर अचेत अवस्थामा भेटाएपछि उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ । उहाँको टाउकोमा गम्भिर चोट लागेको छ भने मेरुदन्ड पनि भाचिएको आसंका रहेको डाक्टरले बताएका छन् ।


घाइतेका आफन्तलाई जानकारी गराइएको आउने क्रममा रहेको प्रहरीले जनाएको छ । तत्काल नेपालगञ्ज रिफर गरिएको भएपनि घरका आफन्तहरु नआएको र शान्तिनगरका घरबेटीले नेपालगञ्ज लैजान आनकानी गरिरहेको पाइएको छ ।