
तुलसीपुर,१४ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले आफ्नो ५४औं वार्षिकोत्सव तथा अभिभावक सम्पन्न गरेको छ । आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि खड्काले सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक प्रगतिमा मावी तुलसीपुर सेन्टरले खेलेको भूमिकाको प्रशंसा गरे । उनले विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै सामुदायिक विद्यालयको महत्व बढाउन योगदान दिन आग्रह समेत गरे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत मनबहादुर खड्का, तुलसीपुर मेट्रो कलेजका प्रमुख बसन्त आचार्य, अभिभावक केपी भण्डारी, हापुरे माविका प्रधानाध्यापक जीतबहादुर खत्री, पूर्व शिक्षक सूर्यप्रसाद पौडेल, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का कार्यवाहक अध्यक्ष यमुना परियार, पत्रकार सुशील बस्नेत,जनश्रम माविका प्रधानाध्यापक माधव भट्टराइ लगायतले सेन्टर स्कुलले शिक्षामा दिएको योगदानको प्रशंसा गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले २ हजार ५ सय बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । प्राविधिक शिक्षामा ६०० विद्यार्थी र निःशुल्क शिक्षामा २०० विद्यार्थी अध्ययनरत रहेको समेत उनले जानकारी दिए ।
त्यस्तै हाल विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत मार्सल आर्ट, खेलकुद, नृत्यजस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यसले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सृजनात्मक क्षमताको विकासमा थप योगदान गरेको छ।
मेघा विद्यालयको सूचीमा पर्न सफल,सामुदायिक विद्यालयहरूको उत्कृष्ट उदाहरणका रूपमा स्थापित बन्दै गएको विद्यालय माबि सेन्टरका व्यवस्थापन समितिका सदस्य सुरेश रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक भोला पौडेल र शिक्षिका मेनका भण्डारीले गरेकी थिइन ।



लाइभदाङ । १४ माघ २०८१, सोमबार ०९:२१ बजे