पक्राउ पूर्जी जारी भएपनि सल्यानका जेनजी अगुवा युवराज पक्राउ परेननन्

तुलसीपुर, २२ वैशाख ।
सल्यानका जेनजी संयोजक युवराज खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

सल्यान प्रहरीका अनुसार उनलाई पक्राउ पुर्जी जारी भएको एक हप्ता भएको छ । तर, पनि उनलाई पक्राउ गरिएको छैन । जेनजीको नाममा सरकारी कार्यालयमा पसेर धाकधम्की दिँदै हिँडेको आरोप लागेका उनलाई जिल्ला अदालत सल्यानले साइबर क्राइम(विद्युतीय अपराध) को कसूरमा अनुसन्धानका लागि प्रहरीलाई पक्राउ अनुमति दिएको हो । कुमाख गाउँपालिका ६ निवासी खड्कामाथि सामाजिक सञ्जालमार्फत् सरकारी कर्मचारी र जनप्रतिनिधिको चरित्र हत्या गर्ने गरेको आरोप छ ।


उनी प्रधानमन्त्री बालेन्द्र (बालेन) साहका स्वकीय सचिव तथा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहसँग निकट छन् । त्यसैको आडमा जनप्रतिनिधि र कर्मचारीसँग सहयोग माग्ने र नदिए तथानाम गाली गर्दै फेसबुक रंग्याउने गरेको आरोप खड्कामाथि छ । उनी विरुद्ध बागचौर नगरपालिकाका मेयर जनकराज गौतमले जिल्ला प्रहरी कार्यालय, सल्यानमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको थियो ।

जिल्ला अदालतका श्रेस्तेदार कमलराज आचार्यले साइवर क्राइमको कसूरमा अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी दिए । यता पक्राउ पुर्जी जारी गरिएको विषयमा स्पष्टिकरण दिदै काठ ओसारपसारका विरुद्ध आवाज उठाउँदा आफूलाई यसरी फसाउन खोजिएको बताए ।