माओवादी केन्द्र लुम्बिनीको पदाधिकारी अर्को बैठकमा टुंग्याउने

दाङ
२७ मंसिर / माओवादी केन्द्र लुम्बिनी प्रदेशले अर्को बैठकबाट पदाधिकारी टुंगाउने भएको छ ।

पार्टीको पहिलो बैठकले पदाधिकारी टुंगाउने गरि सम्मेलन स्थगित भएको छ । पार्टीका एक प्रदेश सदस्यका अनुसार अध्यक्ष र सचिबमा लगभग टुंगो लागिसकेको भएपनि अन्य पदाधिकारीहरुमा सहमति जुटन नसकेपछि यो पटक पदाधिकारीको टुंगो लाग्न नसकेको हो । प्रदेशमा ९ जना पदाधिकारी रहेनेछन् ।


सम्मेलनले प्रदेश सदस्यहरुको नाम भने टुंगो लगाईसकेको निर्वाचन समितिका प्रदेश संयोजक रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार २२७ जना प्रदेश सदस्यहरुलाई सोमबार सफत ग्रहण गराईसकिएको छ । मंगलबारदेखि संसद अधिवेशन सुरु हुने भएकाले त्यो अधिवेशन पछि बैठक बसेर टुंगो लगाउने गरि बैठक स्थगित गरिएको हो ।

साथै राष्ट्रिय महाधिवेशन भन्दा अघि नै टुंगो लगाउने गरि कसरत थालिएको छ । साथै सम्मेलनले प्रदेशबाट एकसय ५ जना राष्ट्रिय महाधिवेशन टुंगो लागेको छ ।